२०८३ बैशाख ३ गते , विहीबार

इरानी प्रदर्शनकारीको हिरासतमा मृत्यु, जसलाई मृत्युदण्डको सजायमा माफी दिइएको थियो

sajilo news
एजेन्सी
२०८० भाद्र १५ गते , शुक्रबार
इरानी प्रदर्शनकारीको हिरासतमा मृत्यु, जसलाई मृत्युदण्डको सजायमा माफी दिइएको थियो

इरान। मृत्युदण्डको सजायमा माफी पाएका इरानका एक प्रदर्शनकारीको हिरासतमै मृत्यु भएको छ । सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्ड सर्वोच्च अदालतले खारेज गरे पनि उनको जेलमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका जवाद रुहीको कारागारमै मृत्यु भएको हो । ३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

गत वर्ष इरानको मोरालिटी पुलिसको हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएको केही दिनपछि रुहीलाई पक्राउ गरिएको थियो ।
 

सम्बन्धित समाचार