२०८३ बैशाख ३ गते , विहीबार
चलचित्र ‘डिग्री माइला’मा आँचल शर्मा
काठमाडौँ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘डिग्री माइला स् एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छिन् । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो चलचित्र आगामी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण पक्षले आँचलबाहेक अन्य काष्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई रहेका छन् । चलचित्रको छायाङ्कन असोजमा पहिलो सेड्युल र मङ्सिरमा दोस्रो सेड्युल हुने बताइएको छ । निर्माण पक्षले यस चलचित्रको स्लोगने ‘किन चाउरियो मरीच आफ्नै रागले’ दिएको छ ।