२०८३ जेष्ठ २४ गते , आईतबार
इनरुवा मालपोतका दुई कर्मचारी घुस रकमसहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालयका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ परेका हुन्।
जग्गा नामसारी गरेवाफत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई घुस लिइसकेको अवस्थामा इनरुवा नगरपालिका(३ मालपोत चोकबाट आज नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।