२०८३ बैशाख २२ गते , मंगलबार

मन्त्रिपरिषद्‌ बैठक: प्रधानमन्त्री कार्यालयमा ६८ दरबन्दी कटौती गर्ने निर्णय

sajilo news
काठमाडौं
२०८० पौष १२ गते , विहीबार
मन्त्रिपरिषद्‌ बैठक: प्रधानमन्त्री कार्यालयमा ६८ दरबन्दी कटौती गर्ने निर्णय

सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने भएको छ। बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन्।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने र त्यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी घट्ने जानकारी दिइन्। 

यसैगरी बैठकले आव ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेको हो। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार