२०८३ जेष्ठ २४ गते , आईतबार

भद्रपुरकी सङ्गीता पक्राउ 

sajilo news
झापा
२०८० पौष २७ गते , शुक्रबार
भद्रपुरकी सङ्गीता पक्राउ 

भद्रपुर । झापामा बहुविवाह मुद्दाका फरार एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- २ घर भई हाल भद्रपुर नगरपालिका- ७ की २६ वर्षीया सङ्गीता बनिया बन्ने सङ्गीता पुरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०८० साल जेठ ४ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा उनलाई दुई वर्ष कैद , २० हजार जरिवाना तथा प्रतिवादीले क्षतिपूर्ति ८ सय पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई प्रहरी कार्यालय झापाको टोलीले आज पक्राउ गरी कैद भुक्तान लागी झापा कारागार चलान गरिसकेको जनाएको छ । 

 

सम्बन्धित समाचार