२०८३ जेष्ठ २४ गते , आईतबार

झापाको हल्दीबारीमा एउटै घरबाट दुई मोटरसाइकल चोरी

sajilo news
झापा
२०८० पौष २७ गते , शुक्रबार
झापाको हल्दीबारीमा एउटै घरबाट दुई मोटरसाइकल चोरी

झापाको हल्दीबारीबाट गएराति दुईवटा मोटरसाइकल चोरी भएको छ । हल्दीबारी गाउँपालिका– २ स्थित खासाङ्ग्वारी पश्चिम बस्ने पूर्व शिक्षक अर्जुनकुमार पौडेलको घरबाटै दुई वटा मोटरसाइकल चोरी भएको स्थानीय प्रहरीले जनाएको छ ।

उनको घरबाट मे ११ प २६०२ नम्बरको रातो रङ्गको सुपर स्पेलेन्डर र  मे १२ प २२४० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । मोटरसाइकलहरू बुबा छोराले चलाउँदै आएको थिए । मोटरसाइकल चोरी भएसँगै पीडितले प्रहरीमा उजुरी दिएको बताइएको छ । पछिल्लो समयमा हल्दिबारी क्षेत्रमा चोरीका घटना बढेसँगै स्थानीयले असुरक्षित महसुस गर्न थालेका छन् ।

सम्बन्धित समाचार