२०८३ जेष्ठ २४ गते , आईतबार

दमकका बस्नेत ब्राउन सुगरसहित पक्राउ

sajilo news
झापा
२०८० माघ ३ गते , बुधबार
दमकका बस्नेत ब्राउन सुगरसहित पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दमक नगरपालिका- ८ का ३५ वर्षीय नवीन बस्नेत पक्राउ परेका छन् । मंगलवार दिउँसो ३.३० बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बस्नेतलाई ब्राउन सुगरसहित  पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीभित्र २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यवाहक प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित समाचार