२०८३ जेष्ठ २४ गते , आईतबार

राजगढ बजारमा चोरी, ढोका फुटाएर चोरले २२ तोला सुन र ८५ तोला चाँदी लग्यो

sajilo news
झापा
२०८० माघ ३ गते , बुधबार
राजगढ बजारमा चोरी, ढोका फुटाएर चोरले २२ तोला सुन र ८५ तोला चाँदी लग्यो

झापाको बाह्रदशी– ३ राजगढ बजारमा पुस २९ गते राती २२ तोला सुन चोरी भएको छ । मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको हो । राजवंशीले ३५ लाख बराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी दिएका छन् ।

राजवंशीले श्रीमतीलाई झापा गाउँपालिका माइती पठाएर भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला आएका थिए । राती आफू पनि ससुराली गएका उनी बिहान घर आइपुग्दा सबै ढोका फुटाएको भेटाउँदा चकित भएका थिए । माघ १ गते बिहानै घर आयौँ, राजवंशीले भने – ‘घर आउँदा सबै खुल्ला थियो । घरभित्रका दराजहरू सबै खुल्ला थिए । कपडाहरू जथाभाबी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको रहेछ ।

घटनाको प्रकृति हेर्दा, घरको कम्पाउन्ड वाल नाघेर घरमा प्रवेश गरेको राजवंशीको भनाई छ । गेटको ढोका नाघेर छिरेका चोरहरूले घरको मूल ढोकासहित भित्र दुई वटा कोठाको ढोका फोरेछन् । सबै बल्बहरू फुटाएको भेटियो । घरमा चारले लगाएको टोपी फेला परेको छ । टोपी सहित रड, पेचकस र केही फलामे सामग्रीहरू भेटिएको उनीहरूको भनाई छ ।

छठमा राजगढ बजारमा रहेको एउटा सुन पसलबाट २ तोला सुन चोरी भएको थियो । हप्तापिच्छे ठुला–ठुला चोरीको घटना भइरहेको वडा नं. ३ का पूर्व वडाअध्यक्ष वीरेन्द्र राजवंशीले जानकारी दिए । उनले प्रहरीले प्रभावकारी रुपमा सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । मोटरसाइकल र साइकल चोरीका घटना अनगिन्ती रहेको राजगढबासीको भनाई छ ।
पछिल्लो समय राजगढबासीले सुरक्षा प्रत्याभूत गर्न नसकेको अधिकांशको गुनासो छ । बजार क्षेत्रमै यति ठुलो चोरी हुनुले प्रहरीको काममा समेत प्रश्न उठेको छ । चोरी भएको आसपासमा कतै सिसी क्यामेरा नरहेको बुझिएको छ ।

सम्बन्धित समाचार