२०८३ जेष्ठ २४ गते , आईतबार
१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ
१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।
अख्तियारको टोलीले स्टिङ अप्रेशन गरेर वडाध्यक्ष बादेलाई रंगेहात पक्राउ गरेको थियो। वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएका थिए। वडाध्यक्षसँगै आएको बा ७ च १२९ नम्बरको कार चालक ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।