२०८३ बैशाख ३ गते , विहीबार

भारतीय मोडल पुनमले किन फैलाइन आफ्नै मृत्युको झुटो खबर ?

sajilo news
एजेन्सी
२०८० माघ २१ गते , आईतबार
भारतीय मोडल पुनमले किन फैलाइन आफ्नै मृत्युको झुटो खबर ?

भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो खबर फैलाएको पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।

अहिले पाण्डेको सर्वत्र आलोचना भइरहेको छ । भने कतिपयले उनीमाथि कारबाहीको माग समेत गरेका छन् । पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा विभिन्न सञ्चार माध्यमले पुनमको मृत्यु भएको समाचार लेखेका थिए ।

तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् । उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् ।

 

सम्बन्धित समाचार