२०८३ आश्विन ६ गते , मंगलबार

काँग्रेस अधिवेशन : झापाका १३१ वडामध्ये दुईजना मात्र महिला सभापति

sajilo news
झापा
२०८३ आश्विन ६ गते , मंगलबार
काँग्रेस अधिवेशन : झापाका १३१ वडामध्ये दुईजना मात्र महिला सभापति

झापाका १३१ वटा वडामध्ये दुई वटा वडामा मात्र नेपाली काँग्रेसको वडा अधिवेशनमा महिला सभापति निर्वाचित भएका छन् ।मेचीनगर-५ मा भएको वडा अधिवेशनमा दुर्गा आचार्य देवकोटा वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन् । सो वडा काँग्रेस  उपसभापति विश्वप्रकाश शर्माको क्षेत्र हो ।

त्यस्तै अर्जुनधारा-१० मा पनि महिला वडा सभापति निर्वाचित भएकी छन् । त्यहाँ गान्धारी मिश्र वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

जिल्लाका १३० वटा वडाहरूमा वडा अधिवेशन सम्पन्न भएको छ । कचनकवलको एउटा वडामा वडा अधिवेशन हुन बाँकी रहेको जिल्ला पार्टी कार्यालयले जनाएको छ । कचनकवलको वडा नं. ४ र ५ मा काँग्रेसको इतर समूहले वडा अधिवेशन हुन दिएका थिएनन् । त्यसमध्ये एउटामा वडा अधिवेशन सम्पन्न गरिएको र एउटा बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार