२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुर नगरपालिकाले बाँड्यो मकैको बिउँ र कृषि चुन

sajilo news
झापा
२०८० माघ २९ गते , सोमबार
भद्रपुर नगरपालिकाले बाँड्यो मकैको बिउँ र कृषि चुन

भद्रपुर । भद्रपुर नगरपालिकाले यहाँका कृषकलाई मकैको बिउँ र कृषि चुन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले उन्नत कृषि उपज उत्पादन अन्तर्गत यस वर्षका लागि उन्नत जातको मकै ८ हजार ३ सय ३३ केजी र ४ हजार ४९ बोरा कृषि चुन वितरण गरेको हो ।

शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार उन्नत मकैको रामपुरे ६२५६ के.जी. र अरुण २०७७ के.जी. कृषकलाई अनुदानमा वितरण गरिएको छ । उनले सिँचाइका लागि ५० थान पानी तान्ने पम्प समेत अनुदानमा वितरणका लागि कृषकसित आवेदन मागिएको जानकारी दिए । 

सम्बन्धित समाचार