२०८३ जेष्ठ २४ गते , आईतबार

गैरकानुनी रूपमा बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

sajilo news
झापा
२०८० चैत्र २६ गते , सोमबार
गैरकानुनी रूपमा बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

नेपालमा गैरकानुनी रूपमा बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  विभिन्न समयमा नेपाली प्रवेश गरेका उनीहरू भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपले बसेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन्। 

काठमाडौको सोह्रखुट्टे तथा ठमेल एरियाबाट भिषा अवधि समाप्तपश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी नागरीकहरूलाई पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकृत रविन्द्र रेग्मीले बताए।  उनका अनुसार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

सम्बन्धित समाचार