२०८२ माघ ५ गते , सोमबार

सलमानको नयाँ फिल्म ‘सिकंदर’ मा रश्मिकाको इन्ट्री

sajilo news
एजेन्सी
२०८१ जेष्ठ ४ गते , शुक्रबार
सलमानको नयाँ फिल्म ‘सिकंदर’ मा रश्मिकाको इन्ट्री

बलिउड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ । फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेख्नुभएको छ, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।’

सिकंदरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’

यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरी सकेको छ । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दै छन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्ने छन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

सम्बन्धित समाचार