भ्यालेन्टाइन सप्ताह : आज 'प्रपोज डे', यसरी राख्नुहोस् प्रेम प्रस्ताव
प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । हिजो फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ थियो । आज 'प्रपोज डे' हो ।
यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव
१. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् :
सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् । युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन् र रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् ।
२. स्थानको छनोटमा ध्यान दिनुहोस् :
आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् ।
३. आफ्नो लुक्समा ध्यान दिनुस् :
आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।
४. उपहार छनोट गर्नुहोस् :
तपाईंको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहार दिएर आफूतर्फ आकर्षित गर्नुहोस् । यो दिन रोमान्टिक प्रस्तावको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्ताव हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् ।
‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् । ‘रोज डे’ का दिन दिने गुलाफका रंगहरुले पनि भिन्नाभिन्नै अर्थ राख्छन् ।
गुलाबको रंगको विशेषता
रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।
सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।
गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।
सुन्तला रंगको गुलाफ- सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।