२०८२ माघ ५ गते , सोमबार

नेपाली फिल्म 'रजतपट'मा डेब्यु गर्दै तेरिया मगर

sajilo news
झापा
२०८१ फाल्गुन २९ गते , विहीबार
नेपाली फिल्म 'रजतपट'मा डेब्यु गर्दै तेरिया मगर

तेरिया फौजा मगरलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउने भएका छन् । चलचित्र  ‘घर ज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्रमा तेरिया मगरले अभिनय गर्ने लागेकी हुन । अभिनेता दयाहाङ राईसँग उनले स्क्रिन शेयर गर्न भएकी छिन् । अनिल बुढामगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित भएका छन् । 

भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लागिन् । उनले भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ वेब सिरिजमा अभिनय गरिसकेकी छिन्

जनक घर्तीमगर यो चलचित्रको निर्माताको रूपमा रहेका छन् । यही समूहले निर्माण गरेको चलचित्र ‘घर ज्वाइँ’मा दयाहाङको अभिनय थियो । ‘मितज्यू’ले आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ । चलचित्रको कथा महेश राईले लेखेका छन् । आगामी वर्ष २०८२ को चैत २७ गते यो चलचित्र प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार