दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो
इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९ दशमवल ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीका समिर रिजवीले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले। करुण नायरले ४४ रन जोडे। ट्रिस्टन स्टब्स १८ रनमा नट आउट रहे। ओपनर केएल राहुल ३५ रनमा आउट भए। यसै खेलमा आइपिएल डेब्यु गरेका सेदिकुल्लाह अतल २२ रनमा आउट भए। ओपनर समेत रहेका कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए। पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ विकेट लिए।
त्यसअघि दिल्लीले टस हारेर पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६ रनको योगफल तयार गरेको थियो। पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय इनिङ खेले। मार्कस स्टोइनेस ४४ रनमा नट आउट रहे।
दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए। जितका साथ सिजनको अन्तिम खेलमा जित निकाल्दै दिल्लीले सिजनको सुखद अन्त्य गरेको छ। पञ्जाबको शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ।
प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। शीर्ष स्थानको गुजरात टाइटन्सले दिउँसो चेन्नई सुपुरकिङ्सँग खेल्दा प्रतियोगिताको उपाधि होडबाट बाहिरसकेका कोलकता नाइट राइडर्स र सनराईजर्स हैदराबाद राति पौने ८ मा आमनेसामने हुनेछन्।