२०८३ बैशाख ३ गते , विहीबार

क्यान्सरपीडित अभिनेत्री हिनाले गरिन् विवाह

sajilo news
एजेन्सी
२०८२ जेष्ठ २८ गते , बुधबार
क्यान्सरपीडित अभिनेत्री हिनाले गरिन् विवाह

मुम्बई । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेकी भारतीय अभिनेत्री हिना खानले गोप्य विवाह गरेकी छन् । उनका विवाहका तस्बिर यतिबेला भाइरल भएका छन् । हिना खानले यस बारेमा आधिकारिक प्रतिक्रिया दिएकी छैनन् ।

अभिनेत्री हिना खानले हिन्दूप्रेमी रकी जयसवालसँग विवाह गरेकी हुन् । यसरी क्यान्सरसँग लडिरहेका बेला हिना खानसँग विवाह गरेर उनका प्रेमी रकीले प्रेमको नयाँ परिभाषा दिएका छन् ।

विवाहमा हिना खानले आफ्नो हात र खुट्टामा सुन्दर मेहेन्दी लगाएको तस्बिरमा देखिएको छ । मनीष मल्होत्राले डिजाइन गरेको गुलाबी रङको साडीमा उनी बेहुली बनेकी छन् । यस पहिरनमा हिना खान निकै प्यारी देखिएकी छन् । विवाह गरेसँगै हिना खान धर्मसमेत परिवर्तन गरेको चर्चा छ । उनले विवाह गरेसँगै आफ्नो नाम हिना खानबाट परिवर्तन गरेर हिन्दू थर राखेको पनि चर्चा छ ।

अभिनेता तथा चलचित्र समीक्षक केआरकेले एक स्ट्याटस लेख्दै विवाह गरेर सनातन धर्म अपनाएकामा हिनालाई बधाई दिएका छन् । तर, मुस्लिम धर्मावलम्बी चलचित्रकर्मीहरूले हिनाको यस निर्णयको विरोध गरेका छन् । अन्तरजातीय विवाह गरे पनि उनले धर्म परिवर्तन गर्नुहुँदैन थियो भन्ने उनीहरूको सुझाव रहेको छ ।

अभिनेत्री हिना खानको रकी जयसवालसँग लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । उनी क्यान्सरबाट पीडित हुँदा सधैं अस्पतालमा रकीले नै हिनाको उपचार र हेरचाह गर्दै आएका थिए । आफूलाई एक्लो भएका बेला बिरामी अवस्थामा पूर्ण साथ दिएका कारण रकीसँग जीवन बिताउने निर्णय उनले यसअघि नै गरेकी थिइन् ।

सम्बन्धित समाचार