२०८२ माघ ५ गते , सोमबार

२७ वर्षपछि दक्षिण अफ्रिकालाई आइसीसीको उपाधि, बन्यो विश्व टेस्ट च्याम्पियन

sajilo news
झापा
२०८२ जेष्ठ ३१ गते , शनिबार
२७ वर्षपछि दक्षिण अफ्रिकालाई आइसीसीको उपाधि, बन्यो विश्व टेस्ट च्याम्पियन

आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दियो र दक्षिण अफ्रिकी टोलीले पाँच विकेट बाँकी रहँदै लक्ष्य हासिल  विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो । 

यसअघि अष्ट्रेलियाले २०२३ मा र न्युजिल्याण्डले २०२१ मा आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो। दुवै पटक भारतले फाइनलमा हार बेहोर्नु परेको थियो। दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसी प्रतियोगिता जितेको छ । दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो। 

खेलमा दक्षिण अफ्रिकाका लागि एडेन मार्करामले सर्वाधिक १३६ रन बनाए। मार्कराम बाहेक कप्तान टेम्बा बाभुमाले अर्धशतकीय इनिङ खेल्दै ६६ रन बनाए।यसैबीच अस्ट्रेलियाका लागि दक्षिण अफ्रिकाको दोस्रो इनिङमा तीव्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए।

फाइनलमा टस जितेपछि दक्षिण अफ्रिकाले बलिङ रोज्दै अस्ट्रेलियालाई पहिले ब्याटिङका लागि निम्तो दियो।अष्ट्रेलिया पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो भने जवाफमा दक्षिण अफ्रिकी टोली पहिलो इनिङमा केवल १३८ रनमा अलआउट भएको थियो।

दोस्रो इनिङमा अफ्रिकी बलरहरूले पुनरागमन गर्दै अस्ट्रेलियालाई २०७ रनमा सीमित गरे। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सबैभन्दा बढी ५८ रन बनाए। यस अवधिमा कागिसो रबाडाले सबैभन्दा बढी चार विकेट लिए।

 

 

सम्बन्धित समाचार