२०८२ कार्तिक ३० गते , आईतबार

प्याब्सन झापा कलस्टर गठन, भद्रपुरमा वृहत प्रशिक्षण

sajilo news
झापा
२०८२ असार १४ गते , शनिबार
प्याब्सन झापा कलस्टर गठन, भद्रपुरमा वृहत प्रशिक्षण

झापा । निजी तथा आवसीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापा शाखाको समानान्तर (कलस्टर)कमिटि गठन भएको छ । आज भद्रपुरमा आयोजित बृहत् कार्यक्रमको आयोजना गरी समानान्तर कमिटि गठन गरिएको जानकारी गराइएको हो । समानान्तर कमिटि झापाको संयोजकमा प्याब्सन झापाका प्रशिक्षक सल्लाहकार जर्नादन ढकाल रहेका छन् ।
ढकालको नेतृत्वमा आज बृहत् कार्यक्रमको आयोजना गरिएको छ । उनको नेतृत्वमा टिर्चस मोटिभेसन तालिम सम्पन्न गरिएको हो । तालिममा झापा जिल्ला भरका आठ सय त्रिचालिस जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
प्याब्सन कलस्टरले आयोजना गरेको पहिलो कार्यक्रममा जिल्लाका एकानब्बे वटा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो । उनीहरूलाई प्रशिक्षक अशोक कुमार दाहालले प्रशिक्षण दिएका थिए ।
प्याब्सन झापाको नयाँ नेतृत्व आएपनि असन्तुष्ट रहेका सदस्य विद्यालयहरूको नेतृत्वमा समानान्तर कमिटि बनाइएको हो । यो समानान्तर समूहको कार्यक्रममा प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, प्याब्सन कोशी प्रदेश सदस्य धुव्र गौतम, प्याब्सन झापा जिल्ला उपाध्यक्ष टिआर गौतम, प्याब्सन जिल्ला कार्य समितिका पदाधिकारी, झापा जिल्लाका १५ वटा पालिकाका सल्लाहकार एवम् पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कलस्टरका सचिव राजेश कुमार आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार