२०८२ माघ ५ गते , सोमबार

राप्रपा झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा

sajilo news
झापा
२०८२ भाद्र १४ गते , शनिबार
राप्रपा झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् । आज हुने जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा घोषणा गर्न लागेको हो ।

यसअघि नै शुरु गरिएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरू कसैले पनि मनोनयन दर्ता गरेनन् । हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो । आज अधिवेशनले ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति घोषणा गर्दैछ । पछि अरू १२ जना सदस्य अध्यक्षले मनोनयन गर्नेछन् ।

दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका ओझा यसअघि दुई पटक जिल्ला सचिव भएका थिए । राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको छ ।

आज बिहान ११ः३० बजे बिर्तामोडको अतिथि सदनमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरूको उपस्थिति रहने जनाइएको छ 

सम्बन्धित समाचार