२०८२ माघ ५ गते , सोमबार

जितिया पर्वको अवसरमा भद्रपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८२ भाद्र २० गते , शुक्रबार
जितिया पर्वको अवसरमा भद्रपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भद्रपुर । जितिया पर्वको अवसरमा भद्रपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मधेशी महिला समाज भद्रपुरले विविध कार्यक्रमको आयोजना गरी शुक्रबार शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।

समाजकी अध्यक्ष विभा ठाकुरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की , पूर्व नगरहरू प्रमुख भरतेन्दुकुमार मल्लिक, जीवन कुमार श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, डा. पीताम्बर ठाकुर लगायत राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको समाजकी विभा पासवानले बताइन ।

साथै सोही कार्यक्रमको अवसरमा समाजसेवी सञ्जय भुइमाली र उनकी श्रीमती भावना क्षेत्रीलाई  सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी महिला तथा बालबालिकाहरूले विभिन्न नृत्य समेत प्रस्तुत गरेकी थिइन् । यही भदौ ३० गते मनाइने जितिया पर्व नेपाली महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण व्रत पर्व हो । यो पर्व खास गरी मध्य तथा पूर्वी तराईका थारु, मैथिल तथा आदिवासी समुदायका महिलाहरूले धूमधामका साथ मनाउँछन्। महिलाहरूले निराहार व्रत (पानी समेत नखाई उपवास) बस्छन्।

व्रतको अघिल्लो दिन महिलाले (रात्रि भोज) अर्थात् विशेष परिकार (नुन, तेल, मासु आदि) खाने चलन हुन्छ। व्रत दिन महिलाहरू बिहानै स्नान गरेर स्वच्छ लुगा लगाई उपवास गर्छन्। साँझ पूजा गरी आफ्नो सन्तानको कल्याणको लागि भगवान् भगवान् विष्णुको पूजा आराधना गर्छन्। यो व्रत महिलाहरूले आफ्नो छोराछोरी र परिवारको दीर्घायु, सुख–समृद्धि र रोग–व्याधिबाट मुक्ति पाउनको लागि पनि गर्छन्।

सम्बन्धित समाचार