२०८२ माघ ५ गते , सोमबार

देश अचानक र अप्रत्याशित ढंगले आतंकित बन्यो, जीउधनको सुरक्षा गरौँ : नेता सिटौला

sajilo news
झापा
२०८२ भाद्र २५ गते , बुधबार
देश अचानक र अप्रत्याशित ढंगले आतंकित बन्यो, जीउधनको सुरक्षा गरौँ : नेता सिटौला

झापा ।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यति बेला देश अचानक र अप्रत्याशित ढंगले आतंकित भएको बताएका छन् । नेता सिटौलाले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्- अत्यन्त ठूलो कष्ट र पीडा देशवासी तपाईं/हामी सबैले बेहोर्नु परेको छ । यो अत्यन्त दुःखद घडीमा संयम र धैर्यताका साथ  उच्च मनोबलसहित सतर्क, सजग र भावनात्मक रूपले एकताबद्ध रहन सबै राजनीतिक दलका साथीहरू, नागरिक समाज एवम् देशभरका तमाम दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु । साथै देशमा शान्ति सुव्यवस्था कायम गरी नेपाल र नेपाली जनताको जीउधनको सुरक्षा गर्न सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु । जेनजी आन्दोलनको क्रममा मंगलबार प्रदर्शकारीहरुले भद्रपुर- १० चन्द्रगढीस्थित नेता सिटौलाको घरमा आगजनी तथा तोडफोड गरेका थिए । 

सम्बन्धित समाचार