२०८२ माघ ५ गते , सोमबार

अन्तरिम सरकारका तीन मन्त्रीले आज शपथ लिने

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
अन्तरिम सरकारका तीन मन्त्रीले आज शपथ लिने

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीले आज शपथ लिने भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीअनुसार नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ११ : ३० बजे हुने छ।

बालुवाटार स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गरेपश्चात पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

उनीहरुको सपथ शितलनिवासमा टेन्टमा गर्ने तयारी छ। जेन–जी आन्दोलनपश्चात राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन्। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेका हुन्। कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश तोकिएको छ।

सम्बन्धित समाचार