२०८२ माघ ५ गते , सोमबार

पापाङ्कुशा एकादशी आज

sajilo news
झापा
२०८२ आश्विन १७ गते , शुक्रबार
पापाङ्कुशा एकादशी आज

सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। यो एकादशीमा पद्मनाभ नामका नारायणको पूजाअर्चना गर्ने विधान छ। विधिपूर्वक यो एकादशीको व्रत गर्नाले सबै पाप नाश हुने वैष्णव ग्रन्थमा उल्लेख छ। 

एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। ​चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को।  

सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ। वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (चना, केराउ, सिमी र मास आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्।

सम्बन्धित समाचार