२०८२ माघ ५ गते , सोमबार
वैभव सूर्यवंशीले बनाए ४२ बलमा १४४ रन
एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२५ मा भारत 'ए' टोलीले आफ्नो पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेलेको छ। शुक्रबार दोहाको वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह 'बी'को खेलमा भारत 'ए'ले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। ओपनर वैभव सूर्यवंशीले सुरुदेखि बलरलाई कठिन बनाए। १४ वर्षीय वैभवले ३२ बलमा आफ्नो शतक पूरा गरे, जसमा १० चौका र ९ छक्का प्रहार गरे।
वैभवले शतक पूरा गरेपछि पनि आफ्नो आक्रामक ब्याटिङ जारी राखे। वैभवले कुल ४२ बलको सामना गर्दै १४४ रन बनाए। उनले १५ छक्का र ११ चौका प्रहार गरे। वैभवको शतकिय पारी र जितेश शर्माको ८३ रनको मदतले भारतले २० ओभरमा २९७ रनको विशाल लक्ष्य दिएको थियो । युएईले २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन मात्र बनाएको थियो ।