एमाले प्रतिनिधि छनौट : झापा-१, ३, ४ र ५ को नतिजा सार्वजनिक
बिर्तामोड । झापामा क्षेत्र नं. २ बाहेक नेकपा (एमाले) ले ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । शनिवार मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरेको हो । क्षेत्र नं. १,३,४ र ५ को नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. २ को गणना बिहान ८ बजेसम्मलाई स्थगित गरिएको बुझिएको छ । झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दीपक बराल निर्वाचित भए ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ रोशन थोप्रा, रवीन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्बिका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिका देवी अधिकारी (गीता ), नर्वदा उप्रेती गौतम, लीला ढुङ्गेल दाहाल निर्वाचित भए । युवा तर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।
झापामा दुई दलितसहित ३८ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । दलित तर्फ सर्वसम्मत गर्ने भनेपछि ३६ जनाको लागि निर्वाचन भएको थियो । ३६ जना प्रतिनिधि छनौटका लागि ९५ जना उम्मेदवार निर्वाचनमा सहभागी भएका थिए ।