२०८२ माघ ५ गते , सोमबार

एमाले महाधिवेशन : मतदाताहरु लाइन लागिसकेपछि मतदान प्रक्रिया स्थगित

sajilo news
काठमाडौं
२०८२ पौष १ गते , मंगलबार
एमाले महाधिवेशन : मतदाताहरु लाइन लागिसकेपछि मतदान प्रक्रिया स्थगित

नेकपा एमालेको नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि स्थगित भएको छ। एमाले महासचिव शंकर पोखरेलले आजका लागि मतदान प्रक्रिया स्थगित भएको जानकारी दिएका छन्।

विद्युतीय माध्यमबाट हुने मतदानको प्राविधिक परीक्षण गर्न समय लाग्ने र चिसो मौसमका कारण पनि मतदान प्रक्रिया स्थगित गरिएको महासचिव पोखरेलले बताए। उनका अनुसार मतदान भोलि (बुधबार) ८ बजेबाट सुरू हुनेछ।

यसअघि केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेबाट मतदान प्रक्रिया सुरू हुने कार्यतालिका सार्वजनिक गरेको थियो। भोट हाल्नका लागि प्रतिनिधिहरू साढे ६ बजेदेखि नै लाइनमा बसिसकेका थिए।

अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल पनि मतदान प्रक्रियामा सहभागी हुन भृकुटीमण्डप पुगिसकेका थिए। ओली र पोखरेल समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन्। 

सम्बन्धित समाचार