२०८२ माघ ५ गते , सोमबार
आज षट्तिला एकादशी
माघ कृष्ण पक्षको एकादशी अर्थात् बुधबार षट्तिला एकादशी। पुराणहरूमा यो दिनको महत्त्वबारे उल्लेख पाइन्छ। संस्कृतमा षट् भनेको ६ र तिल भनेको तिल। अर्थात् तिललाई ६ प्रकारले प्रयोग गर्ने दिन। यो दिन तिल प्रयोग गरी नुहाउने, तिलको तेलको मालिस गर्ने, तिलले होम गरी तिलक लगाउने, तिल मिसिएको जल पिउने, तिलले बनेका खानेकुरा खाने र तिल दान गर्ने विधान रहेको बताइन्छ।
माघमा प्रशस्त तिलको प्रयोग गर्नुपर्ने पुराणमा बताइएको छ। सनातन धर्ममा तिल देवता र पितृका प्रिय वस्तु त मानिन्छ नै मानिसका लागि पनि पुष्टिकारक मानिएको छ। एकादशी विशेषगरी वैष्णवको विशेष पर्व हो। भगवान् विष्णुको पूजा आराधना गर्ने व्रत बस्ने दिनको रूपमा यो दिनको महत्त्व छ।