२०८२ माघ ५ गते , सोमबार
झापामा हर्क साम्पाङको श्रम संस्कृति पार्टीको उम्मेदवार घोषणा
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवार घोषणा गरेको छ । हिजो सुनसरीको धरानमा पार्टी अध्यक्ष साम्पाङको उपस्थितिमा झापाका पाँच जना उम्मेदवार घोषणा गरिएको हो ।
झापा क्षेत्र नम्बर १ बाट केबलराम राई , २ बाट केशव भण्डारी ,३ बाट दीपक तिम्सिना, ४ बाट अमृता राई र ५ बाट शिवन सोरानी मगरलाई प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरिएको हो । सबै उम्मेदवार हिजो पार्टी अध्यक्ष साम्पाङलाई भेट्न धरान पुगेका थिए ।
धरानका मेयरसमेत रहेका साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ता गराएपछि देशव्यापी चुनावी अभियान सुरु गरेका छन् ।