२०८२ माघ ५ गते , सोमबार
झापा-२ बाट राम कार्की उठ्ने
पूर्वमन्त्री राम कार्की (पार्थ )झापा क्षेत्र नं २ बाट निर्वाचनमा उठ्ने भएका छन् । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उनले उम्मेदवारी दिने भएका हुन् । उनलाई बाम बुद्धिजीवीहरू तथा स्वतन्त्र बामहरूले समेत सघाउने बताइएको छ। उनले असल राजनीतिज्ञको पहिचान बनाएका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण हुँदा उनी नेपाली कम्युनिस्ट पार्टीका नगएर जनार्दन शर्मासँगै रहेका थिए ।
२०७४ सालको निर्वाचनमा उनी झापा क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए । ३६ हजार १ सय ७३ मत ल्याउँदै कार्कीले नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।