मेयर बालेनले आज राजीनामा दिने, उम्मेदवारी दिन भोलि झापा आउँदै
झापा क्षेत्र नं. ५ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिन लागेका काठमाडौँका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको कार्य तालिका सार्वजनिक भएको छ ।
उनले आज मेयर पदबाट राजीनामा दिदैछन् । आज राजीनामा दिए लगत्तै रास्वपा केन्द्रीय कार्यालयमा पुगेर पार्टीको बैठकमा उनी सहभागी हुने छन् । त्यसपछि रास्वपा कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी जनकपुर आउने छन् । जनकपुर एयरपोर्टबाट रामजानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । आज बेलुकी जनकपुरमा केही सीमित नेताहरूसँग भेटघाट तथा डिनर रहेको छ । त्यस्तै भोलि दिउँसो १२ बजे जानकी मन्दिरमा राखिएको कार्यक्रममा पुगेर १ः३० बजे सम्बोधन गर्नेछन् । त्यसपछि. २ः३० बजे सडक मार्ग हुँदै लहान प्रस्थान गर्नेछन् ।
दिउँसो ४ः३० बजे मधेशका शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी लहानबाट इटहरी प्रस्थान गर्नेछन् । इटहरीमा कार्यकर्ता भेटघाट रहेको छ ।
बेलुका ७ः३० बजे इटहरीबाट झापाको दमक प्रस्थान गर्ने छन् । राति ८ः३० मा दमकमा रास्वपाका नेतासँग भेटघाट र डिनर रहेको छ । त्यसको भोलिपल्ट माघ ६ गते बिहान ११ बजे झाँकीसहित झापा निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा सङ्घीय सांसदको लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।