२०८२ माघ ५ गते , सोमबार

राप्रपाले झापामा टुंग्यायो उम्मेदवार, क्षेत्र नम्बर २ बाट स्वागत नेपाल

sajilo news
झापा
२०८२ माघ ४ गते , आईतबार
राप्रपाले झापामा टुंग्यायो उम्मेदवार, क्षेत्र नम्बर २ बाट स्वागत नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापाबाट प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाएको छ । झापा क्षेत्र न.१ नरेन्द्र खड्का, क्षेत्र न.३ राजेन्द्र लिङ्देन, क्षेत्र न.४ भक्ति सिटौला, क्षेत्र न.५ लक्ष्मी सङ्ग्रौलाको नाम राप्रपाले टुङ्गो लगाएको राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र कडायतले जानकारी दिए ।

यसैबीच अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गरी झापा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रने भएका छन।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, अधिवक्ता नेपालले माघ ५ गते सोमबार राप्रपाको केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गर्नेछन्। उम्मेदवारी घोषणा कार्यक्रम बिहान ११ः३० बजेका लागि तय गरिएको छ।

पछिल्लो समय राष्ट्रवादी र बौद्धिक धारका व्यक्तित्वहरूलाई समेट्दै अघि बढेको राप्रपाले स्वागत नेपालको आगमनलाई पार्टी सुदृढीकरणको महत्त्वपूर्ण खुड्किलो मानेको छ। प्रवक्ता श्रेष्ठले राप्रपालाई देशको बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिको रूपमा स्थापित गर्न पार्टीले आक्रामक रणनीति लिएको उल्लेख गरेका छन।

विगतको निर्वाचनमा पनि झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिई उल्लेखनीय मत प्राप्त गरेका नेपालको राप्रपा प्रवेश र उम्मेदवारीले प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार