२०८२ माघ ५ गते , सोमबार

झापा-३ मा १२ वर्षपछि एमालेको आफ्नै उम्मेदवार, पाउने भए 'सूर्य' मा मतदान गर्न

sajilo news
झापा
२०८२ माघ ५ गते , सोमबार
झापा-३ मा १२ वर्षपछि एमालेको आफ्नै उम्मेदवार, पाउने भए 'सूर्य' मा मतदान गर्न

झापा क्षेत्र नम्बर ३ का एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरूले सूर्य चिह्नमा मतदान गर्न पाउने खबरले उत्साहित भएका छन् । सो क्षेत्रमा एमालेले आफ्नै पार्टीको उम्मेदवार पाउने निश्चित भएपछि खुसी व्यक्त गरेका हुन् ।

नेकपा एमालेले शालीन व्यक्तित्व हरि बहादुर राजवंशीलाई उम्मेदवार बनाउने खबरले सो क्षेत्रका शुभेच्छुकहरूलाई उत्साहित बनाएको छ । संविधानसभा सदस्य राजवंशी सामाजिक रुपमा स्थापित व्यक्तित्व हुन् । उनी विवादरहित छवि भएका नेताका रुपमा चिनिएका छन् । पटक–पटक राप्रपालाई सहयोग गर्दै आएको एमालेले यो निर्वाचनमा आफ्नै उम्मेदवार तयार गरेको हो ।

एमाले नेता वसन्त बानियाँ सामाजिक सञ्जालमा लेख्छन् , ‘अत्यन्तै खुसी लागेको छ, आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १२ वर्ष पछि झापा क्षेत्र नं ३ मा हामीले सूर्य चिह्न बाहक उम्मेदवार प्राप्त गरेका छौँ । १२ वर्षको कठोर वनवासपछि रामले राज्याभिषेक गरेको रामायण राम कथामा पढेको थिए ।

१२ वर्षपछि हामीले एक इमानदार, शालीन अनि योग्य, सादा जीवनशैलीमा रमाउने, पूर्व संविधानसभा सदस्य तथा नेकपा एमाले पूर्व केन्द्रीय सदस्य , यहाँका धर्ती पुत्र, आदरणीय हरिबहादुर राजवंशीलाई यस क्षेत्रको उम्मेदवार पाएकोमा गौरवका साथ उहाँलाई हार्दिक बधाई अनि विजयको अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

उम्मेदवार चयनका सन्दर्भमा झापा ३ खाली राखेपछि सो क्षेत्रका नेता कार्यकर्ताहरूले असन्तुष्ट व्यक्त गरेका थिए । उनीहरूले आफ्नो उम्मेदवार पाएपछि विजयी गरेर देखाउने प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

सम्बन्धित समाचार