२०८२ माघ २१ गते , बुधबार

रवि लामिछानेले भने- जो-जो मिल्नु छ मिल, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ

sajilo news
झापा
२०८२ माघ २० गते , मंगलबार
रवि लामिछानेले भने- जो-जो मिल्नु छ मिल, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा रास्वपाको पक्षमा देखिएको सुनामी रोकेर देखाउन चेतावनी दिएका छन्। आज फेसबुकमा लामो स्टाटस राख्दै उनले अन्तिम शक्ति लगाएर गठबन्धन गरी रास्वपाको सुनामी रोक्न चुनौती पनि दिएका छन्।

देश अन्तिम सुनामीको तयारीमा रहेको र रोकेर देखाउन पूराना दललाई चेतावनी दिँदै उनले भनेका छन्, ‘‘यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ, अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’ 

सम्बन्धित समाचार