२०८२ माघ २६ गते , सोमबार

एमाले अध्यक्ष ओली झापा आइपुगे

sajilo news
झापा
२०८२ माघ २३ गते , शुक्रबार
एमाले अध्यक्ष ओली झापा आइपुगे

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा आइपुगेका छन् । आज दिउँसो यती एयरलाइन्सबाट झापा आएका ओलीलाई नेता तथा कार्यकर्ताले भद्रपुर विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओली चुनावी प्रचारप्रसारका लागि झापा आएका हुन् । झापा आएका ओली दमकतर्फ प्रस्थान गरेका छन् ।

झापा आएका ओली एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने कार्यक्रम रहेको एमाले झापा सचिव तुलसी कार्कीले बताए । उनले अध्यक्ष ओली भोली र पर्सी कमल गाउँपालिका केन्द्रित भेटघाटमा रहने बताए ।  यसअघि ओली माघ ५ गते झापा आएका थिए । 

सम्बन्धित समाचार