२०८२ माघ २६ गते , सोमबार

झापा जिल्ला सूर्यमय हुने अध्यक्ष ओलीको दाबी

sajilo news
झापा
२०८२ माघ २३ गते , शुक्रबार
झापा जिल्ला सूर्यमय हुने अध्यक्ष ओलीको दाबी

भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दाबी गरेका छन् । गृहजिल्लास्थित भद्रपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यस पटक पूर्ण रूपमा एमालेमय हुने दाबी गरेका हुन्। झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता तथा कार्यकर्ता र समर्थकलाई आआफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताए । युवा पुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने उनको धारणा थियो । अध्यक्ष ओलीलाई विमानस्थलमा एमाले सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायत नेता तथा कार्यकर्ता युवाहरूले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार