२०८२ चैत्र १५ गते , आईतबार

एमालेले घोषणा गर्‍यो देशव्यापी आन्दोलनका कार्यक्रम

sajilo news
झापा
२०८२ चैत्र १४ गते , शनिबार
एमालेले घोषणा गर्‍यो देशव्यापी आन्दोलनका कार्यक्रम

नेकपा एमालेको सचिवालय बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार एकबाहानै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि बसेकाे आकस्मिक बैठकले ओलीको रिहाइको विषयलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेकाे छ। बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढ साथ र सहभागितामा आन्दोलनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

\घोषित कार्यक्रमअनुसार आजै अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ।  त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीसमक्ष विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ। एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने पनि निर्णय गरेको छ। 

 

सम्बन्धित समाचार