२०८२ चैत्र ३० गते , सोमबार
रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्रीमा नियुक्त
प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।
त्यस्तै सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने गौरीकुमारी यादवलाई दिइएको छ।
रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी– ४ बाट निर्वाचित भएकी हुन्। यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए। उनीहरूको शपथ पनि आजै हुने छ। यसअघि दीपक साह श्रीमतीलाई नियुक्ति दिलाएको विवादमा परेर बिहीबार बर्खास्तीमा परेका थिए ।