२०८३ बैशाख २ गते , बुधबार

आइपीएलः बैंगलुररुको तेस्रो जित, मुम्बईको लगातार तेस्रो हार

sajilo news
झापा
२०८२ चैत्र ३० गते , सोमबार
आइपीएलः बैंगलुररुको तेस्रो जित, मुम्बईको लगातार तेस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल)को २०औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो। आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए।

२४१ रनको कठिन लक्ष्य पछ्याएको घरेलु टोली मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो। विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका ब्याटरहरूले आक्रामक सुरुआत गरे पनि अन्तिम ओभरहरूमा आवश्यक रन जोड्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो। मुम्बईका लागि शेर्फेन रदरफोर्डबाट कसैले पनि अर्धशतक बनाउन सकेनन्। आरसीबीका बलरले कसिलो बलिङ गर्दै मुम्बईलाई लक्ष्यभन्दा १८ रन पछाडि नै रोकेका हुन्।

यसअघि, पहिले ब्याटिङ गरेको आरसीबीका लागि ब्याटरले विष्फोटक प्रदर्शन गरेका थिए। मुम्बईका बलरलाई दबाबमा राख्दै आरसीबीले चालु सिजनकै उच्च स्कोरमध्येको एक खडा ग¥यो।

यो जितसँगै आरसीबीले तालिकामा महत्वपूर्ण २ अङ्क जोडेको छ भने मुम्बईले घरेलु मैदानमा हारको सामना गर्नुपरेको छ। यो जितसँगै आरसिबी ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई समान चार खेल खेल्दा दुई अंकसहित आठौं स्थानमा छ।

सम्बन्धित समाचार