२०८३ बैशाख १९ गते , शनिबार
कृष्णप्रसाद सिटौलाको जिम्मेवारी खोसियो
नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई जिम्मेवारीबाट हटाएको छ। कांग्रेसले उनको ठाउँमा नेता कमला पन्तलाई मनोनित गरेको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे सिटौलालाई हटाएर पन्तलाई दलको नेता बनाएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। यो सँगै कांग्रेसभित्रको विवाद सतहमा आएको छ।
शेर बहादुर देउवा संसदीय दलको नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए। सिटौला निवर्तमान कार्यभार सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा सहभागी हुँदै आएका छन्। पन्त भने गगन थापा समूहको हुन्। उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन्।