२०८३ जेष्ठ १४ गते , विहीबार

रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीलाई कारबाही सिफारिस

sajilo news
काठमाडौं
२०८३ जेष्ठ १३ गते , बुधबार
रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीलाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्कनुलाई मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराध भएको उल्लेख गरेको छ। ‘उनी कारागारबाट निस्किएको सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको' आयोगको प्रतिवेदनमा उल्लेख छ।

लामिछाने बाहिर निस्कनुमा को-कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नक्खु कारागारका जेलर सत्यराज जोशी, रास्वपाका नेता मनिष झा र हरि ढकालसमेतलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। 

प्रतिवेदनमा उल्लेख

तथ्य र विश्लेषण खण्डको प्रकारण नं १५ मा बिवेचना गरिएबमोजिम अनाधिकृत रुपमा कारागारवाट निस्किएको कार्य कानून विपरित रहेको भनी व्याख्या गरी सकिएको र सो कार्य मानव अधिकारको हनन् मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको हुँदा रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका तत्कालीन सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा, हरि ढकाल समेतलाईशङ्काको दायरामा राखी सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाइ कानून बमोजिम कारवाही गर्न ।

सम्बन्धित समाचार