२०८३ जेष्ठ २१ गते , विहीबार

राप्रपाले शुक्रबार झापाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने 

sajilo news
झापा
२०८३ जेष्ठ २१ गते , विहीबार
राप्रपाले शुक्रबार झापाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने 

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले भोलि शुक्रबार जिल्लाका १५ वटै स्थानीय तह ज्ञापनपत्र बुझाउने भएका छन् । राप्रपाले किसान–मजदुरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माणलगायतका विषयमा ध्यानाकर्षण गराउँदै जिल्लाका सबै पालिकामा  ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको जनाइएको छ । 

भोलि हुने कार्यक्रमको तयारी तथा पार्टीको स्थानीय सङ्गठनात्मक गतिविधिबारे राप्रपा भद्रपुर नगर समितिले छलफल गरेको थियो । छलफलमा राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, जिल्ला उपाध्यक्ष अभिषेक ढुङ्गाना, भद्रपुर नगर अध्यक्ष राजकुमार राई तथा नगर सञ्चार विभाग संयोजक देवेन्द्र पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

छलफलमा किसान र मजदुरका समस्या, स्थानीय तहमा सुशासन र पारदर्शिताको अवस्था, विकास निर्माणका कार्य तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर ज्ञापनपत्र तयार पार्ने विषयमा विचार विमर्श भएको बताइएको छ । राप्रपा भद्रपुर नगर समितिले कार्यक्रमको तयारी बढाइसकेको छ । पार्टीले जिल्लाभरका पालिकामा एकसाथ ज्ञापनपत्र बुझाएर स्थानीय समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य राखेको नगर अध्यक्ष राईले बताए । 

सम्बन्धित समाचार