आयोजक मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा
फिफा विश्वकप २०२६ मा आयोजक मेक्सिको अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेकिया (चेक रिपब्लिक) लाई ३–० गोल शानदार जित निकाल्यो। घरेलु मैदान र समर्थकको ठुलो साथ पाएको मेक्सिकोका लागि दोस्रो हाफमा तीन गोल सम्भव भएको हो।
खेलको ५५औं मिनेटमा माटेओ चाभेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको लगत्तै ६१औं मिनेटमा जुलियन क्विनोनेसले अर्को गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। खेलको अतिरिक्त समयमा अल्भारोले गोल थप्दै स्पष्ट जित निकाल्यो। समूह एका सबै खेल जित निकालेको मेक्सिको ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको हो। चेकिया भने बाहिरिएको छ।
त्यस्तै दक्षिण अफ्रिकाले कोरिया गणतन्त्र (दक्षिण कोरिया) १-० ले हराउँदै नकएउट चरणमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा दक्षिण अफ्रिकाले खेललाई आफ्नो पक्षमा पार्यो। खेलको ६३औं मिनेटमा थापेलो मासेको (Thapelo Maseko) ले सानदार गोल गर्दै टोलीलाई सुरुवाती र निर्णायक अग्रता दिलाए। विजयी भएको दक्षिण अफ्रिका समूह एमा चार अंकसहित नकआउट चरणमा प्रवेश गर्यो। दक्षिण कोरिया भने समूह चरणको अन्तिम खेल सम्म कुर्नु पर्ने भएको छ।