२०८३ श्रावण २६ गते , मंगलबार

काँग्रेसको संस्थापन इतर समूहले तोक्यो झापाका पाँचवटै क्षेत्रमा संयोजक

sajilo news
झापा
२०८३ श्रावण २६ गते , मंगलबार
काँग्रेसको संस्थापन इतर समूहले तोक्यो झापाका पाँचवटै क्षेत्रमा संयोजक

नेपाली काँग्रेसको संस्थापन इतर समूहले यही साउन २९ गते काठमाडौँमा आयोजना हुने भेलालाई लक्षित गर्दै झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय संयोजकसहितको समन्वय टोली गठन गरेको छ। पार्टीको संस्थापन इतर समूहको जिल्ला तहमा गतिविधि तीव्र भइरहेका बेला पाँचै निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको हो।

पार्टी स्रोतका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा निवर्तमान जिल्ला सदस्य सञ्जय निरौला चयन भएका छन्। सोही क्षेत्रको सदस्यमा निर्मला भण्डारीलाई जिम्मेवारी दिइएको छ।

निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा बिर्तामोड नगर सभापति भोजराज सिटौला चयन भएका छन्। सदस्यमा तरुण दलका पूर्व केन्द्रीय सदस्य मदन बुढाथोकी र नेपाली काँग्रेस झापा जिल्ला समिति सदस्य ओम बिमली रहेका छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को संयोजकमा नेपाली काँग्रेसका पूर्व जिल्ला समिति सचिव भगीरथ पोद्धार चयन भएका छन्। सो क्षेत्रको सदस्यमा कोशी प्रदेशसभा सदस्य भूमि राजवंशी र महासमिति सदस्य विजय रिजाललाई जिम्मेवारी दिइएको छ।

निर्वाचन क्षेत्र नम्बर ४ को संयोजकमा सूर्यनारायण ताजपुरिया चयन भएका छन्। ताजपुरिया नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा दुईपटक उम्मेदवार बनिसकेका नेता हुन्। सो क्षेत्रको सदस्यमा विष्णुप्रसाद खरेल, शिवसताक्षीका दिपेन पाठक र राजेन्द्र उप्रेती चयन भएका छन्।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकमा खगेन्द्रप्रसाद अधिकारी चयन भएका छन्। अधिकारी नेपाली काँग्रेसका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेता हुन्। सो क्षेत्रको सदस्यमा राजकुमार न्यौपाने ‘राजु’ चयन भएका छन्।

झापा जिल्लामा संस्थापन इतर समूहको समन्वयको जिम्मेवारी भने पार्टी जिल्ला सचिव कृष्ण हुमागाईँले सम्हालिरहेका छन्।

सम्बन्धित समाचार