२०८३ कार्तिक २६ गते , बुधबार

पाथीभरामा एकै दिन ४ हजारभन्दा बढी भक्तजन पुगे

sajilo news
ताप्लेजुङ
२०८३ कार्तिक ८ गते , शनिबार
पाथीभरामा एकै दिन ४ हजारभन्दा बढी भक्तजन पुगे

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा शनिबार एकै दिन ४ हजार ३०७ जना भक्तजनले पूजाअर्चना गरेका छन् । पाथीभरा क्षेत्र संरक्षण समितिका राजेन्द्र महतका अनुसार शनिबार दर्शनका लागि आएका भक्तजनले मन्दिरमा पूजापाठ गरेका हुन् ।

समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्छन् ।

धार्मिक आस्थाको केन्द्र मानिने पाथीभरामा विशेषगरी दसैँ, तिहारलगायत चाडपर्व र अन्य धार्मिक अवसरमा दर्शनार्थीको चहलपहल बढ्ने गरेको छ । यहाँ पुग्ने भक्तजनले देवीको दर्शनसँगै मनोकामना पूरा हुने धार्मिक विश्वास राख्ने गरेका छन् ।

सम्बन्धित समाचार