७ अर्ब ५९ करोडको ब्रा लगाएर काइली जेनरको डेब्यु
एजेन्सी । रियालिटी टीभी स्टार तथा सौन्दर्य व्यवसायी काइली जेनरले भिक्टोरियाज सेक्रेट फेसन शोमा करिब पाँच करोड अमेरिकी डलर (नेपाली सात अर्ब ५९ करोड रुपैयाँभन्दा बढी) मूल्यको फ्यान्टेसी ब्रा लगाएर डेब्यु गरेकी छिन् । उनको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।
वार्षिक फेसन शोमा जेनरले १८ क्यारेट सुन र चार हजार ४१० वटा हिरा जडित ब्रा लगाएकी थिइन्। फ्यान्टेसी ब्रालाई शोको प्रमुख आकर्षण र छनोट हुने मोडलका लागि प्रतिष्ठाको विषय मानिन्छ ।
२९ वर्षीया जेनरलाई उक्त अवसर दिइएकोमा केही प्रशंसकले खुसी व्यक्त गरेका छन् भने अनुभवी सुपरमोडललाई छनोट नगरिएको भन्दै कतिपयले ब्रान्डको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल तथा मार्केटिङ विशेषज्ञ जोएल मार्लिनारसनका अनुसार जेनरको छनोटले मोडलिङ क्षेत्रमा बदलिँदो प्रवृत्तिलाई उजागर गरेको छ । उनका अनुसार अहिले ब्रान्डहरूले परम्परागत मोडलिङ अनुभवभन्दा बढी जनताको ध्यान आकर्षित गर्न सक्ने सेलिब्रेटीलाई प्राथमिकता दिन थालेका छन् ।