२०८३ कार्तिक २६ गते , बुधबार

सूर्यनगरको दुर्गा पूजा समितिले बाढीपीडितलाई दियो २५ हजार

sajilo news
झापा
२०८३ कार्तिक ११ गते , मंगलबार
सूर्यनगरको दुर्गा पूजा समितिले बाढीपीडितलाई दियो २५ हजार

भद्रपुर । भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित श्री सार्वजनिक दुर्गा पूजा समितिले भक्तजनबाट संकलित भेटी रकम बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेको छ। समितिले यस वर्षको सार्वजनिक दुर्गा पूजा कार्यक्रममा भक्तजन तथा श्रद्धालुबाट संकलित २५ हजार १७५ रुपैयाँ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

धार्मिक अनुष्ठानका क्रममा संकलित भेटी रकमलाई विपद्मा परेका नागरिकको सहयोगका लागि उपयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको समितिका अध्यक्ष विवेक आचार्यले जानकारी दिए । यस कार्यले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई समेत जोड दिएको छ। विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन गरिएको यस पहलले सामाजिक एकता र सहयोगको सन्देश दिएको उनको भनाई छ ।

सम्बन्धित समाचार