२०८३ कार्तिक २६ गते , बुधबार

जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित ९ जना पक्राउ

sajilo news
झापा
२०८३ कार्तिक १८ गते , मंगलबार
जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित ९ जना पक्राउ

बागलुङमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर ९ जनालाई १ लाख ६४ हजार रुपियाँ नगद र ४३८ पत्ती ताससहित नियन्त्रणमा लिएको जनाएको छ।

बागलुङ नगरपालिका-२ का खड्का रास्वपाका क्षेत्रीय सभापति हुन्। पक्राउ पर्नेमा ६४ वर्षीय खड्का सहित बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ३५ वर्षीय हरि शर्मा, ५० वर्षीय दुर्गा बहादुर खत्री, वडा नं. ३ का ६६ वर्षीय भीम बहादुर खत्री र ६६ वर्षीय डम्मर बहादुर भण्डारी, वडा नं. ८ का ५६ वर्षीय केशव पराजुली तथा वडा नं. १ का ५५ वर्षीय राजु गौतम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार दिउँसो ४ बजे बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित खड्काको तीन तले पक्की घरको तेस्रो तलामा जुवा तास खेलिरहेको गोप्य सूचना प्राप्त भएको थियो। 

सूचनापछि प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा ९ जनालाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको डीएसपी त्वातीले जानकारी दिए।

सम्बन्धित समाचार