२०८३ कार्तिक २६ गते , बुधबार

झापाको गौरादहमा ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८३ कार्तिक २३ गते , आईतबार
झापाको गौरादहमा ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापाको गौरादहमा ट्रयाक्टरसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८ः३० बजे गौरादह १ बेलडाँगीस्थित पाडाजुँगी– गौरीगन्ज सडक खण्डमा गौरादहबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्रदेश न.१–०१–०१५ प ६६२ नम्बरको मोटरसाइकल र पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको धान काट्ने मेसिन जडान गरेको नम्बर नलेखेको अनटेस्ट ट्रयाक्टर एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह ७ ग्वालडुब्बा बस्ने वर्ष २६ का सञ्जय साहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यस्तै मोटरसाइकलमा पछाडि सवार गौरादह ५ बस्ने वर्ष २६ का रोशन ताजपुरियाको टाउको र मुखमा चोट लागेको थियो । दुवै घाइतेलाई उपचारका लागि दमक अस्पताल दमक लगिएको थियो । उपचारका क्रममा राति ९ः४५ बजे घाइते मोटरसाइकल चालक साहको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । अर्का घाइते ताज पुरियालाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार